सिन्धुली र धनुषामा हात्तीको आ’क्रम’णमा परी दुई जनाले ज्या’न गुमाए

जङ्गली हात्ती

काठमाडौं, १६ चैत । सिन्धुली र धनुषामा हात्तीको आ’क्रम’णमा परी दुई जनाले ज्या’न गुमाएका छन् । ज्या’न गुमाउनेमा सिन्धुली दुधौली नगरपालिका–३ का १५ वर्षीय बालक र धनुषाको मिथिला नगरपालिका–७ बस्ने ८० वर्षीय एक पुरुष रहेका छन् ।

गाउँ पसेका जंगली हात्ती लखेट्न जाँदा १५ वर्षीय बालकको मृत्यु भएको हो । यस्तै ८० पुरुषको भने जंगली हात्तीले घर भत्काई आ’क्रम’ण गर्दा मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यस्तै यता गत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आत’ङ्कित भएका छन् । मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आत’ङ्कित भएका हुन् ।

डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले लखेट्न समस्या भइरहेको बताए । उनले स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले नजिकै रहेको जलथल जङ्गलतिर लखेट्न खोजिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक