प्रधानमन्त्री ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जाने

Kp sharma oli

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् । आज उक्त रंगशालामा हुने थ्री-नेसन्स कप हेर्न प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जान लागेका हुन ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले बताए ।

आज नेपालले उपाधिका लागि बंगलादेशसँग भिड्दैछ । खेल आज साँझ ५:३० बजे शुरु हुनेछ । उक्त फाइनल खेलमा दुवै टिम उपाधि जित्ने दाउमा छन् । यसअघि नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException