वायू प्रदूषण बढेपछि सरकारद्धारा विद्यालयहरु केही दिन बन्द गर्ने तयारी

Kp Sharma Oli

काठमाडौँ, १६ चैत । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा वायू प्रदूषण बढेपछि सरकारले विद्यालयहरु केही दिन बन्द गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन विद्यालय बन्द गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्रीले विद्यालय बन्द गरेर बालबालिकालाई जाेगाउनेबारे छिट्टै निर्णय हुने जानकारी दिए । उनले भने, ‘अहिलेको प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ । त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौँ । छिट्टै निर्णय लिइन्छ ।’

कहिँ गहुँको छ्वाली डढाएर त कहिँ आगलागी भएर हावामा प्रदूषण फैलिएकाले सास फेर्न गाह्रो हुने र आँखा पोल्ने समस्या देखिएको प्राधनमन्त्री ओलीले बताए । उनले अघि भने, ‘छ्वाली डढाउनु हुँदैन भनेर सरकारले सचेत गराउनुपर्छ । त्यसको प्रभाव अरु देशमा पर्छ भने झन् सचेत हुनुपर्छ ।’

नेपाल सरकार पनि वनमा हुने आगलागी नियन्त्रणका लागि सचेत रहेको प्रधानमन्त्री ओलीले बताए । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसम विद्‍हरुका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ, र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException