देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय

विद्यालय

काठमाडौं, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताएका थिए ।

शिक्षामन्त्री श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले मन्त्रालयले उक्त निर्णयबारे प्रेस विज्ञप्ति जारी गर्ने तयारी भइरहेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललगायतको सहभागिता थियो ।

अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए । वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यका सहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ ।

धूवाँ, धूलाे मिश्रित तुवाँलाेले काठमाडाैं सहित देशैभरकाे आकाश धुम्म बनेकाे छ । सरकारले वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले माैसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन भनेकाे छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर