माछा मा’र्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

मृत्यु

भोजपुर, १७ चैत । भोजपुरको पिखुवाखोलामा माछा मा’र्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्या’न गएको छ । करेन्ट लगाएर माछा मा’र्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।

उनले भने, “माछा मा’र्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घ’टना स्थलमा पुगेँ । त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला पर्‍यो । नजिकै उनले मा’रेको माछा र ढडिया समेत पनि फेला परेको छ । घ’टनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्या’न गएको देखिन्छ । शव परीक्षण रिपोर्टपछि थप अनुस’न्धान हुन्छ ।”

मगर हातमा तार पक्रिरहेको अवस्थामा मृ’त फेला परेको उनको भनाइ छ । स्थानीयले माछा मा’र्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको औँलाको कापमा करेन्टले पोलेको डामसमेत रहेको प्रहरीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर