मृ’त अवस्थामा दुई जनाको शव भेटियो

मृत्यु

विराटनगर, १७ चैत । मोरङको बेलबारी नगरपालिका–३ मा एक पुरुष मृ’त भेटिएका छन् । सोमबार दिउँसो लोहोन्द्रा खोला नजिक अन्दाजी ५५ वर्षीय पुरुष मृ’त भेटिएका हुन् । मंगोलियन अनुहार जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन ।

पिपलको रुखमुनि म्याट ओछ्याएर र झोलाको सिरानी लगाएर सुतिरहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार ती व्यक्ति सडक किनारमा मागेर गुजारा चलाउँदै आएका थिए ।

शवलाई पो’ष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । मृ’तकको शरीरमा कुनै चो’टप’टक नभएकाले पो’ष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।

त्यस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक पुरुष मृ’त अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर–६, स्थित यज्ञ पिसहोम बोडिङ्ग स्कुल नजिक मंगलबार बिहान ती पुरुष मृ’त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार ती पुरुष सिम्ता गाउँपालिका–९, का ३९ वर्षीय रामबहादुर राना क्षेत्री रहेको जनाइएको छ ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पो’ष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ । मृ’तकको श’रीरमा कुनै चो’टप’टक नभएकाले पो’ष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException