प्रहरीमाथि खाली बियरको बोतलले प्र’हार गरेपछी…

पक्राउ

धनुषा, १७ चैत । ड्युटीमा खटिएको प्रहरी कर्मचारी माथि बोतल प्र’हार गरेको अभि’योगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका-६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट नलगाएको कारण रोक्न खोज्दा नरोकी अगाडि बढ्ने क्रममा ट्राफिक प्रहरी जवानलाई सामान्य ठ’क्कर दिई जनकपुरतर्फ फ’रार भएपछि प्रहरीले पछ्याउँदै सोही नगरपालिका हरैया चोकमा उक्त मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकललाई कार्यालयतर्फ ल्याउने क्रममा मोटरसाइकलमा सवार सन्तोषले प्रहरी माथि अचानक खाली बियरको बोतलले प्र’हार गर्दा २ जना प्रहरी कर्मचारी घा’इते भएको र महेन्द्रनगर हेल्थकेयरमा उपचार पश्चात उनीहरू डिस्चार्ज भएका छन् । हाल फ’रार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथे यस सम्बन्धमा थप अनुस’न्धान गरिरहेको जनाइएको छ ।

त्यस्तै, कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा ६० वर्षीय वृद्धको ह’त्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका–३ मेहतीनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारतको नौबादा जिल्ला घर भएका ६० वर्षीय गंगा मल्लाहको कु’टपिट गरी ह’त्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय रन्जित मल्लाहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच एकापसमा झग’डा तथा कु’टपिट हुँदा टाउकोमा चो’ट लागेर ग’म्भीर घा’इते भएका गंगाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले कु’टपिटमा संलग्न रन्जितलाई पक्राउ गरेको हो । घ’टनाका सम्बन्धमा थप अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException