पुनः कोरोना संक्रमण बढ्ने संकेत देखिएको भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा बस्न आग्रह

डा जागेश्वर गौतम

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः कोरोना संक्रमण बढ्ने संकेत देखिएको भन्दै सबै खाले भेला, सभा, जुलुस तथा जमघटहरु रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार यस्तो निर्देशन दिएका हुन ।

यस्तै संघ र प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई उपचारको व्यवस्था सहित तयारी अवस्थामा बस्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले पीसीआर परीक्षण गराउने सरकारी र निजी ८४ प्रयोगशालालाई समेत तयारी अवस्थामा बस्न र सरकारी प्रयोगशालाहरुमा परीक्षण गराउन जनशक्ति अभाव भए थप गर्न समेत निर्देशन दिएको छ ।

त्यस्तै, चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति भने तय भैसकेको छैन ।

राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्श पछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने समेत गौतमले बताए । भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो । तर चीनले उपलव्ध गराएको ८ लाख डोज भेरोसेल खोप भने लगाउने निर्णय भएको थिएन । अहिलेसम्म नेपालमा १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException