सुशीलको ह’त्यारा सार्वजनिक, गाँ’जा र ट्याब्लेटको नशाले लठ्याएर ह’त्या

गाँ'जा र ट्याब्लेटको नशाले लठ्याएर ह'त्या

जनकपुरधाम, १८ चैत । सर्लाहीमा एक युवकको ह’त्या भएको घ’टनामा दुईजनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १० का २५ वर्षीय सुशील कुमार यादवको घाँ’टी रे’टे’र ह’त्या गरेको आ’रोपमा प्रहरीले दुवैजनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मामा–भान्जा हुन् ।

चैत १२ गते २५ वर्षीय सुशिल यादवको शव मलंगवा स्थित खेतमा भेटिएको थियो । ह’त्या आ’रोपमा प्रहरीले कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरेको थियो । मलंगवा–९ का स्थानीय ४५ वर्षीय कमल पण्डित ‘बाबा’ हुन् । ४० वर्षीय अशोक भारतीय नागरिक हुन् । अशोक उनका भाञ्जा हुन् । मामा–भाञ्जा मिलेर सुशीलको ह’त्या गरेको अनुस’न्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मृ’तक सुशील र ह’त्या गर्ने विमलकान्त पाठकबीच वि’वाद भएको पाइएको बताए । करिब ६ महिना पहिला विमलकान्त पाठकको घरमा चोरी भएको थियो । उक्त चोरीका विषयमा उनीहरुबीच पटकपटक वि’वाद हुँदै आएको पाइएको छ । प्रहरी उपरीक्षक राठौरले भने, ‘तिनीहरुबीच पटकपटक वि’वाद हुन्थ्यो, विवादकै क्रममा सुशील कुमार यादवले आफूलाई नै मार्न सक्ने डरले विमलकान्त पाठकले योजना बनाई भान्जासँग मिलेर मा’र्ने योजना बनाएको थियो ।’

घ’टनाको केही दिन पहिला पनि विमलकान्त पाठकको घर अगाडिबाट पानी तान्ने मोटर तथा जुत्ता चोरी भएको थियो । अनुस’न्धानको क्रममा अभियुक्त मामा–भान्जाले सुशीललाई ला’गुऔषध अत्यधिक सेवन गराई ह’त्या गरेको खुलेको प्रहरी उपरीक्षक राठौरले बताए । चैत ११ मा साँझ मलंगवा नगरपालिका–१० स्थित विमलकान्त पाठकको घरमा लगेर गाँ’जा र नाइट्रोभेट ट्याब्लेट खुवाएर लठ्याए पछि सुशीलको ह’त्या गरिएको थियो । मलंगवाको जिविस चोकमा रहेको शिवम् होटलमा म’दिरा र मासु खाएर निस्केका मामा–भाञ्जाले साइकलमा आएका सुशीललाई भेट्छन् ।

‘तिमीसँग काम छ, गाँ’जा पनि खानुपर्छ’ भनेर पाठकले आफ्नो मोटरसाइकलमा राखेर सुशील र भान्जालाई घरमा लान्छन् । घरमा विमलकान्त र सुशीलकुमार यादवले ला’गुऔषध नाइट्राभेट ट्याब्लेट र गाँ’जा सेवन गर्छन् । काउली र भात खान्छन् । फेरि ला’गुऔषध खुवाएर योजनाबद्ध रुपमा पाठकले सुशीललाई लठ्ठ बनाउँछन् ।

‘नशामा लठ्ठ भएर प्रतिकार गर्न नसक्ने भएपछि मामा–भाञ्जा मिलेर डोरीले हातखुट्टा र गम्छाले मुख बाँधेर खेतमा लगेको अनुस’न्धानबाट थाहा भएको छ । घर नजिकैको खेतमा लगेर मा’र हान्ने खु’कुरी प्रहार गरेर ह’त्या गरेको देखिन्छ ।’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवरले बताए । खु’कुरी प्र’हार गरेर घाँ’टी का’टेपछि आ’रोपीले मृ’तकको शरीरमा बालुवा र माटो लगाएका थिए । खु’कुरी घरमा ल्याएर सफा गरेर राखेको अवस्थामा प्रहरीले बरा’मद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक