६३ वर्षीया सौतेनी आमालाई बला’त्कार गर्ने २३ वर्षीय एक पुरुषलाई जन्मकै’दको फैसला

jail

काठमाडौं, १९ चैत । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बला’त्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकै’दको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकै’द सहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए ।

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरो’पितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बला’त्कार गरेको पाइएको भट्टराईले जानकारी दिए । भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उ’जुरी दिएकी थिइन् ।

आरो’पितलाई भदौ १० गते प्रहरीले पक्राउ गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर