भारतमा कोरोना संक्रमितको संख्या दिनानूदिन बढ्दो, २४ घण्टामा ८१ हजार बढी नयाँ संक्रमित भेटिए

भारतमा कोरोना संक्रमितको संख्या दिनानूदिन बढ्दो छ । बिहिबार ८१,३९८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यतिबेला ५०,३८४ बिरामी निको भएका छन् भने ४६८ जनाको मृत्यु भएको छ । साथै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा एकैदिन ३०,५४३ को वृद्धि भएको छ ।

बिहिबार नयाँ केसको आँकडा १ अक्टोबरपछि सबैभन्दा धेरै रह्यो । त्यतिबेला ८१,७८५ संक्रमित भेटिएको थियो । मृत्युको आँकडा पनि ४५० पार रहेको थियो ।

भारतमा हालसम्म करिब १.२३ करोड मानिस महामारीको चपेटमा आइसकेका छन् । करिब १.१५ करोड निको भइसकेका छन् । १.६३ ले ज्यान गुमाएका छन् । अब सक्रिय संक्रमित ६.१० लाख भइसकेका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर