पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

तालमा डूबेर मृत्यु

काठमाडौं, २० चैत । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । बिहिबार कीर्तिपुर नगरपालिका–६ टौदह स्थित पोखरीमा चार जनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरी बाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् ।

डुबेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार छन् । उनीहरुको शव पो’ष्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सिंचाईका लागि बनाएको पोखरीमा बालक डुबेका हुन् । नेपाल प्रहरीको बिपद् ब्यवस्थापनको उद्दार टोली र वृत कीर्तिपुरबाट खटिएका उद्दारकर्ताले करिब १५ फिट गहिरो पोखरीबाट शव निकालेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक