काठमाडौं, २० चैत । अष्ट्रेलिया पठाईदिन्छु भनि ठ’गी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका ८ का २३ वर्षीय अमित भुजेल रहेका छन् । भुजेललाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।
भुजेलले सर्ट टर्म ४५७ भिषामा २-२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिने भन्दै रकम असुलेका थिए । अष्ट्रेलियाका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताएका उनले २ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
महानगरीय अप’राध महाशाखा बाट खटिएको प्रहरीले उनलाई काठमाडौँ, माछापोखरी बाट पक्राउ गरेको हो । उनलाई थप अनु’सन्धान एवम् कार’वाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।