गृह मन्त्रालय अब अर्को भवनमा सर्ने

गृहमन्त्रालय

काठमाडौं, २० चैत । संघीय सरकारको गृह मन्त्रालय अब अर्को भवनमा सर्ने भएको छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो ।

१२ वैशाख २०७२ को भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन स्थानीय विकास (हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)को भवनमा सरेको थियो ।

१ वैशाखमा गृह मन्त्रालय सर्न लागेको हो । गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निरीक्षण गरेका छन् । प्रधानमन्त्री कार्यालय मर्मत गरिएको पुरानै भवनमा सरिसकेको छ ।

अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो । हाल गृहमन्त्रालय रहेको भवनमध्ये केही भवनको पुनःनिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर