दैलेख, २४ चैत । दैलेखको नौमुले गाउँपालिका- ३ कालीका स्थित माइतमै छोरी रोकेको निहुँमा ज्वाँईले सासु–ससुरा माथि खुकु’री प्रहा’र गरी ग’म्भीर घा’इते बनाएका छन् ।
गए राति ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोका मगर माथि खुकु’री प्रहा’र भएको हो । घरमा सुतिरहेका सासु–ससुरा माथि खुकु’री प्रहा’र गरी घा’इते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानी बाट प्रहरीले पक्राउ गरेको छ ।
आफ्नी श्रीमतीलाई चार/पाँच महिना देखि माइतीमा बसालेको भन्दै अनरामले सासु-ससुरालाई खुकु’री प्रहा’र गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक डिएसपी अनुप श्रेष्ठले जानकारी दिए । खुकु’री प्रहा’र बाट घा’इते भएका झपिलाल र लालसरीलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
डिएसपी श्रेष्ठका अनुसार खुकु’री प्रहार गर्ने अनरामलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घ’टनाको विषयमा थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।