पोखरामा बाक्लो तुँवालो, हवाई सेवा पुनः प्रभावित

बाक्लो तुँवालोले पोखरा विमानस्थल बाट हुने हवाई सेवा पुनः प्रभावित

काठमाडौं, २४ चैत । बाक्लो तुँवालोले पोखरा विमानस्थल बाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ । पोखरा विमानस्थलका प्रमुख बिक्रमराज गौतमका अनुसार सोमबार बिहान पोखरा–जोमसोम रुटमा उडान भए पनि नौ बजे पछि काठमाडौंका लागि हुने सबै उडान रद्द भए । बिहान खुलेको मौसम नौ बजे पछि बिग्रन थालेको उनले बताए ।

वायु प्रदूषणले भिजिबिलिटी नहुँदा झन्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबारदेखि सुचारु भए पनि सोमबारदेखि पुनः प्रभावित भएको हो । अहिले पोखरा आकाश तुवाँलोले ढाकेको छ । सोमबार पोखराका लागि झण्डै तीन दर्जन उडान तालिका बने पनि आकाशमा तुवाँलो बढेर भिजिबिलिटी नहुँदा दिउँसो मात्र काठमाडौँमा २ वटा र जोमसोमका लागि ७ वटा उडान भएको गौतमले जानकारी दिए ।

मङ्गलबार भने भिजिबिलिटी नहुँदा कुनै पनि उडान हुन नसकेको प्रमुख गौतमले बताए । ‘मौसममा सुधार आउने प्रतीक्षामा छौँ, उडानका लागि आवश्यक ५ किमि भिजिबिलिटी नपुग्दा उडान गर्न सकिएको छैन’ उनले भने, ‘मौसममा सुधार आउनेबित्तिकै उडान सुचारु हुन्छ ।’

झन्डै एक साता अवरुद्ध भएका उडान गत बिहीबारदेखि सञ्चालनमा आएको भए पनि सोमबारदेखि फेरि मौसम बिग्रिएकाले उडान प्रभावित भएको गौतमको भनाइ छ । उनले आज मौसममा सुधार आउने सम्भावना कम देखिएको बताए । गौतमका अनुसार सोमबार समिट एयरका चार र तारा एयरका तीनवटा उडान जोमसोमका लागि भएका थिए । तर पोखरा–काठमाडौँ रुटमा भने बुद्ध र यतिले एक–एकवटा मात्र उडान गरेका थिए ।

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालका अनुसार बिहान साढे ८ बजे बुद्धको जहाज काठमाडौंबाट पोखरा आएर फर्केपछि कुनै पनि उडान भएन। बरालका अनुसार बुद्धले सोमबार पोखराबाट भैरहवा र भरतपुर एक–एक तथा काठमाडौंका लागि १० वटा उडान राखेको थियो। यती एयरलाइन्सले पनि पोखरा–काठमाडौं रुटका तीनवटा उडान रद्द भएको जनाएको छ ।

पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायत डाँडाहरू तुवाँलोले देखिएका छैनन् । धुवाँ र धुलोले भिजिबिलिटी कम हुँदा पोखराबाट उडान हुन नसकेको पोखरा विमानस्थलले जनाएको छ । देशभर ७ सय बढी जङ्गलमा लागेको डढेलो, किसानले बाली भित्र्याएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदूषण बढाएको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException