बालिका बला’त्कार गरेको आ’रोपमा २ जना पक्राउ

बला'त्कार

काठमाडौं, २५ चैत । बालिका बला’त्कार गरेको आ’रोपमा कपिलवस्तुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई बला’त्कार गरेको आ’रोपमा कपिलवस्तु नगरपालिका–५ दलदला बस्ने २८ वर्षीय रतन गिरीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार साझ पक्राउ गरेको हो ।

त्यस्तै १३ वर्षीया बालिकालाई जब’र्जस्ती क’रणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१५ लक्ष्मि डाँडा स्थित जंगलमा बालिकालाई जब’र्जस्ती क’रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारी बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनु’सन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर