फर्निचर उद्योगबाट सामान चो’री गरेको अभि’योगमा ४ जना पक्राउ

चो'र

मोरङ, २५ चैत । मोरङको कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चो’री गरेको अभि’योगमा ४ जना पक्राउ परेका छन् । मंगलबार दिउँसो प्रहरीले विराटनगर महानगरपालिका–८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र सोही महानगरपालिका–८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय दिपेश कुमार रायलाई पक्राउ गरेको छ ।

उक्त फर्निचर उद्योगबाट चैत २१ गते फर्निचर बनाउन प्रयोग गरिने रन्दा मेसिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेसिन १ थान, टिभी १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार चो’री भएको घ’टनाको अनु’सन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ बलुवाई स्वागत चोकबाट चोरी गरिएको सामान सहित पक्राउ गरेको हो । उनीहरु उपर चो’री सम्बन्धी क’सूरमा थप अनुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException