आयकरको दोस्रो किस्ता समयमै तिर्न ताकेता, नतिरे कानुन अनुसार जरिवाना

आन्तरिक राजस्व विभाग

काठमाडौं, २५ चैत । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै तिर्न करदातासँग ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै दोस्रो किस्ता कर समयमै तिर्न भनेकोे हो ।

आन्तरिक राजस्व विभागले चालू आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो । विभागले चालू आर्थिक वर्षको आयकरको दोस्रो किस्ता बापतको कर रकम चैत मसान्तसम्म तिर्न भनेको छ ।

विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न आग्रह गरेको छ । समयमा कर नबुझाएमा कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने विभागले चेतावनी दिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर