ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढीको मृत्यु

death

ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो । ब्राजिलमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरहेको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, ‘हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं ।’ देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताएका छन् ।

देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाई रहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।

राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिमा उथलपुथलको भएको थियो । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजीनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए । त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरुले राजीनामा गरेपछि नयाँ कमाण्डरहरु फेरिएका थिए । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर