पत्रकार महासंघ कास्कीमा भणडरी विजयी

पत्रकार महासंघ कास्कीमा भणडरी विजयी

पोखरा, २६ चैत । पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमला भणडरी विजयी भएकी छन् । उनी १७४ मतले ल्याएर विजयी भइन् भने केशवशरण लामिछाने १२१ भोटका साथ पराजित भए । भण्डारीले प्रतिस्पर्धी लामिछानेलाई ५३ मतान्तरले पराजित गरेकी हुन् ।

निर्वाचित भण्डारी संयुक्त प्यानलबाट उमेदवार बनेकी थिइन् । उनी यस अघि नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष थिइन् । कास्कीमा ३१२ मतदाता मध्ये ३०५ जनाले मतदान गरेका थिए । त्यसैगरी उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाले १७२ मत ल्याएर विजयी भएका छन् । उनले प्रेस चौतारीका अर्जुन गिरीलाई ५० मतान्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा (१५१) मत ल्याएर निर्वाचित भएकी छन् ।

त्यस्तै सचिवमा माधव बराल (१५५), सहसचिव समावेशीमा रेम बिक (१६८), सहसचिवमा श्रीराम सिग्देल (१७७), कोषाध्यक्षमा कृष्ण दवाडी (१७७), महिला सदस्यमा सपना अधिकारी (१४८), दलित सदस्यमा बिजय नेपाली (१५६), आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ (१५७), समावेशी सदस्यमा जैनव खातुन (१८३) र खुल्ला सदस्यमा कन्चन थापाले १३० मत पाएर विजयी भएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा गीताराना मगर (१२९), धनबहादुर गुरुङ (१५२), प्रभु अधिकारी (१२८), शिवराज बस्ताकोटी (१२८), सन्तोष बस्याल (१२४), सन्तोष सुवेदी (१२९), युवराज गुरुङ (१३१) र हरी पन्त (१३५) मतसंगै विजयी भएका छन् । आदिवासी जनजाति तर्फको राष्ट्रिय परिषद् सदस्यमा राज बहादुर गुरुङले १६३ मत पाएर विजयी भए । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा आरजु बिष्ट सल्यानी (१२६),कमल पौडेल अथक (१५०), गंगाधर पराजुली (१२६) र श्यामनाथ कुवरले १४२ मत पाएर विजयी भएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException