१९ वर्षीया युवतीलाई बला’त्कार गर्ने युवालाई सात वर्ष कै’द सजाय

balatkar

बागलुङ, २६ चैत । १९ वर्षीया युवतीलाई बला’त्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कै’द सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बला’त्कार क’सुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।

कै’दसँगै वनले पीडित युवतीलाई रु ८० हजार रकम क्षतिपूर्ति समेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्य प्रसाद भण्डारीले जानकारी दिए । विसं २०७७ असार १७ गते ती युवतीलाई बला’त्कार गरेको अ’रोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो ।

प्रहरीले अनुस’न्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जब’र्जस्ती क’रणी शीर्षकमा मु’द्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हाल सम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException