प्रधानमन्त्री म नै हुनुपर्छ कहाँ भनेको छु मैले : शेरबहादुर देउवा

शेरबहादुर देउवा

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावमा जानुपर्ने हुन सक्ने भन्दै तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन ।

नेपाल निजामती कर्मचारी युनियन सङ्घको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रवार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाले सरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुअघि संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे । उनले संसदमा आफूहरूको सङ्ख्या कम भएको र सरकार गठनका लागि अरूलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे ।

देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा नभएको बताएका छन् । उनले भने, ‘ मैले आफ्नै पार्टीको प्रधानमन्त्री पनि चाहेको छैन । तर संख्या पुग्नुपर्यो नि । जोसुकै होस् । पहिला मान्छे तयार पारौँ न । संख्या पुग्नुपर्यो नि ।’ आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकार नेतृत्वका लागि पार्टीले अगाडि सारेकोमा उनले पार्टीलाई धन्यवाद दिए । ‘सरकार बनाउन अग्रसर किन नहुने नि । कसलाई बनाउने हो म तयार छु । म आफू नै हुनुपर्छ भनेको पनि छैन । म नै हुनुपर्छ कहाँ भनेको छु मैले ?’ उनले भने ।

उनले अगाडि भने, ‘भोलि मन्त्रिमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहियो । सबै साथीहरुले शेरबहादुर केही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’ तर देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ,’ उनले भने ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException