करिब ५० करोड लिङ्क्ड इन प्रयोगकर्ताहरुको तथ्यांक ह्याकरहरुको वेबसाइटमा बिक्रीमा

करिब ५० करोड लिङ्क्ड इन प्रयोगकर्ताहरुको तथ्यांक ह्याकरहरुको वेबसाइटमा बिक्रीमा

करिब ५० करोड लिङ्क्ड इन प्रयोगकर्ताहरुको तथ्यांक ह्याकरहरु बीच चर्चित रहेको वेबसाइटमा बिक्रीमा रहेको कम्पनीले पुष्टि गरेको छ । मंगलबार साइबर सेक्यूरिटी र रिसर्च साइट साइबर न्यूजले तथ्यांक बिक्रीमा रहेको बारे पहिलो पटक समाचार प्रकाशित गरेको थियो ।

प्रयोगकर्ताको यूजर आईडी, नाम, इमेल, फोन नम्बर, लिंग, व्यवसायिक तथ्यांक र अन्य सामाजिक सञ्जालसँगको लिंक चार अंकको रकममा लिलामीमा रहेको समाचारमा बताइएको थियो ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको लिङ्क्ड इनका अनुसार बिक्रीमा रहेको तथ्यांक विभिन्न बेबसाइट र कम्पनीबाट सङ्कलन गरिएको हो । लिङ्क्ड इनबाट प्रयोगकर्ताले ‘पब्लिक’ राखेका तथ्यांकमात्र लिइएको कम्पनीको दाबी छ ।

कम्पनीले लिङ्क्ड इनको डेटा चोरी नभएको र लिङ्क्ड इनमा प्राइभेट राखिएका कुनै पनि तथ्यांक सार्वजनिक नभएको जानकारी दिएको छ । लिङ्क्ड इनमा ६७.५ करोड प्रयोगकर्ता रहेको बताइएको छ । केही दिनअघि मात्र करिब ५० करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक ह्याकरहरुले वेबसाइटमा प्रकाशित गरेको समाचार आएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook