अर्को मदन भण्डारी भेटियो भनेपछि ओली अत्तालिए अनि जालझेल सुरू गरे…

oli prachanda

काठमाडौँ, २८ चैत। नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समितिद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपामा बलियो हुँदै गएपछि ओलीले प्रतिक्रान्तिकारीहरुसँग मिलेर ष’ड्य’न्त्र गरेको आ’रोप लगाए ।

प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई एमालेका नेता कार्यकर्तामै पार्टीमा नयाँ अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित दावी गरेका छन् । एमाले कार्यकर्ताले प्रचण्डमाथि ठूलो विश्वास गरेपछि केपी ओलीले प्रतिगामीहरुसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको उनको दावी छ ।

‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो । पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि ओली अत्तालिए । अनि जालझेल सुरू गरे’, प्रचण्डले भने ।

उनले ओली सरकारलाई कुनै पनि हालतमा निरन्तरता दिन नहुने भन्दै काँग्रेसले सरकार ढाल्न तत्परता देखाएको र जसपाले पनि पार्टीमा छलफल गर्छु भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरे ।

उनले विभिन्न पार्टीहरूसँग मोर्चा बनाएर ओलीलाई विघटनतर्फ पुर्याउने चेतावनी समेत दिए । ‘एमालको एउटा पक्षसँग हाम्रो मोर्चा छदैछ । हाम्रो पुरानो लभ छँदैछ । जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्छ । काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ । अनि, ओली चौथो हुन्छन् र विघटनतर्फ जान्छन् ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException