प्रधानमन्त्रीको लागि शेरबहादुर देउवा अघि नसरे बाबुराम भट्टराई अघि सर्ने

बाबुराम भट्टराई शेरबहादुर देउवा

काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली वि’रुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा नेताको प्रस्ताव छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकार वि’रुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन यादव र भट्टराईले प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीको विकल्पमा नयाँ सरकार दिन देउवाले खुट्टा कमाएको भन्दै जनता समाजवादी दलका नेता डा. बाबुराम भट्टराई अगाडि बढ्ने भएका छन् । ओलीको विकल्पमा देउवालाई अगाडि सार्ने निर्णय पार्टीले गरेको भएपनि चासो नदिएको आ’रोप लागिरहेका बेला डा. भट्टराई अग्रसर भएका हुन् ।

नेपाली कांग्रेसले आज बोलाएको पदाधिकारी बैठकले सत्ता समीकरणबारे ठोस निर्णय गरोस् भन्दै बिहान मात्रै डा. भट्टराईले देउवालाई फोन गरेको स्रोतको भनाई छ । गएको शुक्रबार देउवाले बोलाएको त्रिदलीय बैठकमा वैकल्पिक सरकार बनाउनेमा जसपाले ठोस जवाफ नदिएको सन्देश बाहिरिएको थियो ।

यता जसपाले गरेको ओली वि’रुद्ध अविश्वासको प्रस्ताव दर्ताको आग्रहपछि काँग्रेस पदाधिकारी बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्य समितिको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्ने भनिएपछि जसपाको प्रस्तावबारे पनि छलफल हुने बुझिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException