छुट्टाछुट्टै दु’र्घटना हुँदा तिन जनाको मृत्यु

दुर्घटना

काठमाडौं, २९ चैत । पूर्व–पश्चिम राजमार्ग स्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दु’र्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंबरको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंबरको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंबरको ट्रकले ठ’क्कर दिँदा उनी घा’इते भएका थिए ।

घा’इते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोड स्थित बिएण्डसी अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृ’त घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।

त्यस्तै भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठो’क्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घा’इते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् । तीमध्ये ४५ वर्षीय पुरुषको घ’टना स्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

घा’इते सात मध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घा’इते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था ख’तरा मुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगर तर्फ जाँदै गरेको ना१ज ६८५९ नंबरको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दु’र्घटनामा परेको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException