अभिनेत्री ऋचा शर्मा गर्भवती, भनिन् – आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो

नायिका ऋचा शर्मा

अभिनेत्री ऋचा शर्मा गर्भवती भएकी छन् । उनले बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम अकाउन्ट मार्फत आफू गर्भवती भएको जानकारी गराएकी हुन् । उनले आफ्नी आमाको स्मरण गर्दै आफू पनि आमा बन्न लागेको बताएकी हुन् ।

नेपाली सिने जगतकी चर्चित नायिका ऋचाले नयाँ वर्षको मौका पारेर बुधबार बिहानै यसबारे जानकारी दिएकी हुन् । ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभाष भइरहेको छ ।’

प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो । आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

त्यस्तै, क्षितिजमा रहेकी आमाले पनि छोरीलाई ठूली भई भन्दै गरेको हुनुपर्ने उनले लेखेकी छन् । ‘मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई ।’ ऋचा शर्मा र दिपेक्ष विक्रम राणा २०७६ मंसिरमा वैवाहिक सम्बन्धमा गाँसिएका थिए । दिपेक्ष ललितपुरको पुल्चोक स्थित लविम मलका व्यवस्थापक हुन् । विवाह अघिदेखि नै उनीहरू प्रेम सम्बन्धमा थिए । २०७६ पुसमा ऋचा शर्माकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा निधन भएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक