कोरोना कहरका बिच प्रगती गरेका एरेन्जर सुनिल परियार

कोरोना कहरका बिच प्रगती गरेका एरेन्जर सुनिल परियार

नेपाली लोक संगीतले पछिल्लो समय राम्रो स्थान बनाएको पाउन सकिन्छ । त्यसो त लोक संगीत हिँजो पछाडी परेको भन्न खोजेको भने पक्कै होइन । तर, पछिल्लो समयमा लोक संगीतमा लागेर जिबन धान्ने सम्मको अवस्था पनि सिर्जना भाईसकेको पाउन सकिन्छ । गायक-गायिका, गीतकार, संगीतकार, मोडल, निर्देशक, छायांकर, सम्पादक, वाध्यबादक आदी धेरै ब्यक्तिलाई रोजगारीको थालो बनेको छ संगीत क्षेत्र । आज त्यसै मध्यको एक संगीत संयोजन अर्थात एरेन्जमा रमाउँदै गरेका एक एरेन्जर सुनिल परियारको चर्चा गर्दै छौँ ।

बि.सं. २०५१ साल बैशाख १० गते लम्जुङमा जन्मेका सुनिल सानै देखी गाउनमा रुची राख्दथे । २०६९ सालमा पोखराको भञ्ज्याङ दोहोरी साँझबाट गायन यात्रा सुरु गरेका उनले त्यसै बर्ष ‘डाँडैमा भेट्न बोलाई’ गीत सार्वजनिक गरे । गायकको रुपमा संगीत क्षेत्रमा प्रवेश गरेका सुनिल बिस्तारै वाध्यबादन तर्फ पनि आकर्शित हुन थाले ।

करिव ४ बर्ष पोखरामा बिताइसकेपछी उनलाई संगीत क्षेत्रमा अझै केही गर्नु पर्छ भन्ने लाग्यो र २०७३ सलमा पोखरा छोडेर काठमाडौं हानिए । त्यसो त पोखराको बसाइमा पनि उनका ‘धुन सुन्दा पञ्चे बाजाको’, ‘सोंच बेला छँदै’, ‘चरीले गुँड फेर्यो’ लगायतका गीतहरुले चर्चा कमाइसकेका थिए ।

काठमाडौं सोंचे जस्तो सहज भने थिएन । उनले धेरै संघर्ष गर्नु पर्‍यो । सुरुमा उनले दिनमा हिम सम्झौता डिजिटलमा बजार ब्यबस्थापकको रुपमा काम गर्थे भने रातिमा जुनाकिरी दोहोरी सँझमा गायक र वाध्यबादकको रुपमा काम गर्थे । उनको केही समय त्यसरी नै बित्यो । त्यसपछी उनले काठमाडौंको ठमेल स्थित पोखर दोहोरी साँझमा गाउन थाले । त्यसको केही समय पछी चर्चित संगीतकार तथा एरेन्जर आशिश अविरलद्धारा सन्चालित स्टुडियो रागको लेखा शाखा सम्हाल्न पुगे ।

कमाइ सन्तोषजनक नै थियो तर, उनले देखेको सपना भने अर्कै थियो । गायकको रुपमा स्थापित हुनका लागी काठमाडौं छिरेका सुनिल स्टुडियो रागमा अरुका गीतको लागी समय ब्यबस्था गर्दै गर्दा अब आफ्नो भविस्य पनि बनाउनु पर्छ भन्ने ठानेर त्यो काम पनि छोडे । तर, स्टुडियो रागबाट बिदा लिएर उनलाई पछुताउनु भने परेन । पछिल्लो समयको स्टुडियो रागमा काम गर्दै गर्दाको संगतले उनमा नयाँ हौसला पलायो । संगीतकार तथा एरेन्जर आशिश अविरलको काम गर्ने शैलीको अबलोकन अनी रेकर्डिस तथा ध्वानी सम्पादक एचएनबी किस्मतले सिकाएका ज्ञानले गर्दा उनी अन्तत: आफु पनि कुशल एरेन्जर बन्न पुगे ।

२०७६ सालको मध्यतिर आएको ‘माकुराको जालो’ गीतबाट उनले एरेन्जरको रुपमा पाइला चाले । त्यो बर्ष केही गीतहरुमा मात्र संगीत संयोजन गरेका उनले २०७७ सालको तीज पछि भने एरेन्जमा एकाएक फड्को मारे । एकपछि अर्को उत्कृष्ट गीतहरुमा उनको संगीत संयोजनको जादु चल्न थाल्यो । ‘सूर्ती माडेर’, ‘गाउँ नै रमाइलो देशै रमाइलो’, ‘निर्माया’, ‘भिरमा सेती गाई’, ‘लुट्न सके लुट २’, ‘चौका दाउ’ लगायतका गीतहरु उनले एरेन्ज गरेका चर्चित मध्य पर्दछन । चौका दाउ गीतले भर्खरै मात्र करोड क्लावमा आफ्नो स्थान जमाएको छ । चौका दाउ टिमलाई दियान मिडियाको तर्फबाट बधाई । साथै सुनिललाई अझै प्रगतिको कामना ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

8 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook