ईश्वर राईलाई गाई फार्मको टहराभित्र बोलाएर ह’त्या गर्ने खुलाल पक्राउ

arrest

काठमाडौं, २ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाई फार्ममा खुकु’री प्रहार गरी युवकको ह’त्या भएको छ । सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको ह’त्या भएको हो ।

राईको ह’त्या गरी भाग्दै गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी राजेश थापाको टोलीले घेराबन्दी गरेर एक जनालाई पक्राउ गरेका छन् । प्रहरीले ह’त्याको आ’रोपमा फार्म सञ्चालक गोकुल बहादुर खुलालका छोरा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका २० वर्षीय आशिष खुलाललाई पक्राउ गरेको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख तारादेवी थापा समेत घ’टना स्थलमा पुगी अनुस’न्धान गर्दा जस्ताको टहरामा भित्रबाट चुकुल लगाएको र झ्याल खुल्ला रहेको भुईंमा धारि’लो हति’यारले घाँ’टी टा’उको लगायतका स्थानमा का’टेको अवस्थामा राईको शव फेला गरेको जनाएको छ ।

प्रहरीका अनुसार मृतक ईश्वर राईले बिहीबार बिहान आशिष खुलाललाई फोन गरी सिपाडोल आउने जानकारी दिएका थिए । ईश्वर राईले महोत्तरी घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिस योञ्जन र सुनिल बललाई समेत लिएर खुलालकोमा आएको पनि प्रहरीले बताएको छ । उनीहरुले खुलाललाई भेटी गाई फार्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना कुराकानी गरेको र वा’दविवा’द भई झै–झ’गडा हुँदा खुलालले खुकुरी प्रहार गरेको पाइएको छ ।

खुलालले राईलाई खुकु’री हा’न्न थालेपछि योञ्जन र बल झ्यालबाट हाम्फालेर भागेको प्रहरीको दाबी छ । राईको ह’त्या पछि खुलाल झ्यालबाट निस्किएर भागेका थिए । खुलाललाई प्रहरीले घ’टनास्थल नजिक बाटै पक्राउ गरिसकेको छ । उनीहरू बीच के कस्तो वि’वाद थियो भन्ने खुलिनसकेको परिसर प्रवक्ता दीपक गिरीले बताए । ‘उनीहरूबीच के कसरी सम्पर्क स्थापित भयो भन्ने कुरा खुल्न बाँकी छ,’ गिरीले भने, ‘के कस्तो वि’वाद भएको भन्नेबारे पक्राउ परेका व्यक्तिले केही भनेका छैनन् ।’

घ’टना भएपछि अपराह्न ४ बजे भक्तपुर परिसरको टोली घ’टनास्थल पुगेको थियो । ‘ढोकाको चुकुल फोडेर हेर्दा युवकको शव फेला परेको थियो, रगत लतपतिएको खुकुरी पनि त्यहीँ थियो,’ गिरीले भने । लाशजाँच मुचुल्का उठाएर प्रहरीले मृ’तकको शव पो’ष्टमा’र्टमका लागि पठाएको छ । घ’टना बारे अनुस’न्धान जारी रहेको गिरीले बताए । उनका अनुसार राई कहिले देखि सुकुम्बासी बस्तीमा बस्थे भन्ने यकिन भइसकेको छैन । प्रहरीले मृ’तकका आफन्तलाई खबर गरेर बोलाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक