मोटरसाइकल र टिपर एक आपसमा ठो’किँदा एक जनाको मृत्यु

दुर्घटना

भक्तपुर, ९ बैशाख । भक्तपुरको थिमीमा मोटरसाइकल र टिपर एक आपसमा ठो’किँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति भएको दु’र्घनामा परि कैलालीको चटकपुर घर भएका ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो ।

मध्यपुर थिमी नगरपालिका–२, सानोठिमी स्थित सडकमा पेप्सीकोलाबाट सानोठिमी जाँदै गरेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल र पेप्सीकोला तर्फ आउँदै गरेको बा ३ ख ४४६५ नम्बरको टिपर एक आपसमा ठ’क्कर खाएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल पछाडी सवार पाठकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । उनि पुरानो ठिमी बस्दै आएका थिए । टिपरको ठ’क्कर बाट मोटरसाईकल चालक दाङ लालमठिया–५ घर भएका २४ वर्षीय उमेश चौधरी घाइते भएका छन् ।

चौधरीको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । टिपर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भएका राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक