पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका ३ जना नर्भिक अस्पताल भर्ना

पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं, ११ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका ३ जना नर्भिक अस्पताल भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार अस्पताल भर्ना हुनेमा पूर्वराजा ज्ञानेन्द्र सहित पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा रहेका छन् ।

‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ’, अस्पतालले भनेको छ, ‘उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।’

भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना पोजेटिभ देखिएको थियो । भारतबाट फर्केपछि कोभिड-१९ पीसीआर जाँच गर्दा वैशाख ७ गते दुबैमा कोरोना पोजेटिभ देखिएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook