अस्पतालमा अक्सिजन सकिँदा २० जना बिरामीको मृत्यु

death

भारतको नयाँ दिल्लीको रोहिणी स्थित जयपुर गोल्डन अस्पतालमा आगामी आधा घण्टाका लागि मात्र अक्सिजन बचेको खबर बीबीसी प्रकाशित गरेको छ । मेडिकल डाइरेक्टर डा. दीप बलूजाका अनुसार अस्पतालकका २ सय बिरामी छन् जसमध्ये ८० जना अक्सिजन सपोर्टमा रहेका छन् भने ३५ जना आईसीयूमा छन् ।

समाचार एजेन्सी पीटीआईले अस्पतालका अधिकारीहरुलाई उद्धृत गर्दै अक्सिजनको कमीका कारण ग’म्भीर रुपमा बिरामी भएका २० जनाको मृत्यु भएको छ । अस्पतालका मेडिकल डाइरेक्टरले आफूहरु अक्सिजनको प्रतिक्षामा रहेको र हाल कोरोनाका २१५ बिरामीलाई अक्सिजनको आवश्यकता रहेको बताएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार ज्यान गुमाउने अधिकांश कोरोनका बिरामी थिए । अस्पतालमा अक्सिजन सकिएपछि ‘लो अक्सिजन प्रेसर’ का कारण २० जनाको मृत्यु भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक