तपाईंको आज : २०७८ जेठ १० सोमवारको राशिफल

राशिफल - rasifal

२०७८ जेठ १० सोमवार, त्रयोदशी – 24 May 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिले हरेक पाईलामा समर्थन पाइने योग रहेकोछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडी बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पती हात लागी हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाईसँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – लामो संघर्ष पछीमात्र उपलव्धी हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ भने नया काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा नजिक भएपनि आत्मियताको कमी महशुष हुनेछ । आफन्त तथा अग्रज हरुसँग मनमुटाव बढ्ने तथा साथी भाईले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपूर्ण व्याक्ती हरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपार्ईँको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –   व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिने समय रहेकोछ । साझेदार हरुबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुशी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक