बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु

death

काठमाडौं, १३ बैशाख । बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौंमात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंमा मुत्यु भएकामा ४९, ५५, ७०, ७५ वर्षका पुरुष छन् ।

कोरोना संक्रमणका कारण ललितपुरका २ जना, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकहरु सबैको स्वास्थ्यमा कोरोना संक्रमणसँगै मधुमेह, उच्च रक्तचाप, दम, निमोनिया र मिर्गौला सम्बन्धी स्वास्थ्य समस्या थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक