कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्‍यु

कोरोना संक्रमणबाट मृत्‍यु

काठमाडौं, १४ बैशाख । सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बाट ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । दीर्घ रोग बाट ग्रसित उनी आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए ।

सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी नोद नारायण चौधरीले भने,‘ स्वास्थ्यमा सुधार नआएपछि आज बिहान ५ः२० बजेतिर मृत्यु भएको हो ।’ उनी जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका थिए ।

त्यस्तै, कोरोना माहामारीको दोस्रो लहरमा रौतहटमा पहिलो पटक संक्रमित एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीका ७० वर्षीय एकजना वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

तीन दिन अघि संक्रमण पुष्टि भएर घरमै रहेका तथा दमको रोगबाट समेत अवस्था गम्भीर हुँदा उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा गएराति उनको मृत्यु भएको रौतहटका प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् ।

यता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए ।

डा पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पताल भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी रहेका थिए । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook