कोरोना संक्रमण पुष्टि भएपछि ऊर्जामन्त्री रायमाझी अस्पताल भर्ना

टोपबहादुर रायमाझी

काठमाडौं, १४ बैशाख । कोरोना संक्रमण पुष्टि भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएपछि रायमाझी अस्पताल भर्ना भएका हुन ।

गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराइरहेका छन ।

उनको अवस्था सामान्य रहेको बताइएको छ । संक्रमण अघि उनी क–कसको सम्पर्कमा रहेका थिए भन्नेबारे भने खुलेको छैन ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक