महोत्तरीमा एक बालकको ज’लेर मृत्यु

आगलागी

महोत्तरी, १५ बैशाख । महोत्तरीको पिपरा गाउँपालिका–५ मा ज’लेर आज बिहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछयानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछयान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछयानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर ग’म्भीर घा’इते भएका थिए ।

घा’इते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook