कोरोनाको डरका कारण कोही गाउँले नआएपछि श्रीमतीको शव साइकलमा राखेर नदीको किनारा तर्फ…

कोरोनाको डरका कारण कोही गाउँले नआएपछि श्रीमतीको शव साइकलमा राखेर नदीको किनारा तर्फ...

कोरोना भाइरसको दोस्रो लहरको डरको यो माहौलका बीच भारतको उत्तर प्रदेशको जौनपुरबाट एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ जसले मानवता माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।

यहाँ गाउँलेले एक वृद्धालाई उनकी श्रीमतीको अन्तिम संस्कार गर्न दिएनन् किनभने सबैलाई कोरोनाको डर थियो । वृद्ध आफ्नी श्रीमतीको शव लिएर भड्किरहे तर कसैले पनि उनको मद्दत गरेनन् ।

भारतीय मिडिया आजतकका अनुसार उत्तर प्रदेशको जौनपुरका तिलकधारी सिंहकी श्रीमती राजकुमारी थुप्रै दिनदेखि बिरामी थिइन् । सोमबार उनको स्वास्थ्य अवस्था बिग्रियो र उनलाई अस्पताल भर्ना गरियो । तर उनको अस्पतालमा नै मृत्यु भयो । अस्पतालबाट एम्बुलेन्समा राखेर शव घर पुर्याइयो ।

तर त्यसपछि कोरोनाको डरका कारण कोही पनि गाउँले तिलकधारी सिंहको घरमा पुगेनन्, कुनै मद्दत पनि गरिएन, कसैले सान्त्वना सम्म पनि दिएनन । यस्तोमा शवको स्थिति थप नबिग्रियोस् भनेर उनले २७ अप्रिलमा श्रीमतीको शव साइकलमा राखे र दाह संस्कार गर्नका लागि नदीको किनारा तर्फ हिँडे ।

तर, त्यहाँ गाउँले पुगेर यस्ता गर्न दिएनन् । तसर्थ अन्तिम संस्कार हुन सकेन । जब यसबारे प्रहरीलाई थाहा भयो तब उनीहरुले शवलाई जौनपुरको रामघाटमा अन्तिम संस्कार गराए । प्रहरीले अन्तिम संस्कारको पूरा प्रक्रिया आफ्नो निगरानीमा नै गराए । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist