धनगढी, कालिकोट र सल्यानका गरी थप ३ संक्रमितको मृत्यु

कोरोनाबाटै मृत्यु

काठमाडौं, १६ बैशाख । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै, कर्णाली प्रदेश अस्पतालमा उपचाररत कालिकोटको नरहरिनाथ गाउँपालिकाका ७३ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलले जानकारी दिए । उनका अनुसार ति पुरुष पुरूषको बैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा राखेर उपचार भैरहेको थियो ।

यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै उनको मृत्यु भएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक