अमेरिकाद्वारा आफ्ना नागरिकलाई भारत छोडेर अमेरिका फर्कन आग्रह

अमेरिका

अमेरिकाले भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको कारण चिकित्सा सुविधा अपर्याप्त भएको जनाएको छ । अमेरिकाले लेभल ट्राभल स्वास्थ्य सूचना जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बिडेनले भारतलाई कोरोना संकटलाई विभिन्न तहमा समाधान गर्न सहयोग पुर्‍याउने घोषणा गरेका छन् ।

यसपछि अमेरिकी विदेश विभागले ट्राभल स्वास्थ्य चेतावनी जारी गरेको हो । भारतमा कोरोनाका केसहरू र यसका कारण हुने मृत्युले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । त्यहाँ कोभिड परीक्षण सुविधाहरू पनि सीमित छन् । अस्पतालहरुमा चिकित्सा आपूर्ति गर्न सकस भइरहेको छ ।

नयाँ बिरामीहरूको लागि अस्पतालमा वेड खालि नभएको जनाइएको छ । अमेरिकाले भारतमा कोभिडको बढ्दो घटनाका कारण चिकित्सा सुविधाहरू ध्वस्त भएको बताएको छ । अमेरिकी नागरिकहरूलाई भारतबाट आउने उडानबाट सीधा आउन भनिएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक