कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’ विश्वका १७ देशमा भेटियो

corona

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’ विश्वका १७ देशमा पुगेको जनाएको छ । डब्ल्यूएचओका अनुसार विश्वभर थपिएका संक्रमितमध्य ४२ प्रतिशत केवल भारतका मात्रै छन् ।

पछिल्लो पटक २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले इन्डियन स्ट्रेन अथवा बी.१.६१७ भेरियन्ट (डबल म्युटेसन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमण बढेको बढ्यै छ । कोरोनाले त्यहाँको स्वास्थ्य प्रणालीले नै अस्तव्यस्त बनाइदिएको छ ।

भारतमा भैरहेको लगातारको डर लाग्दो संक्रमणलाई डब्ल्यूएचओले ‘भेरियन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको छ । डब्लुएचओका अनुसार पछिल्लो पटक भारतीय बहुल फिजीमा पनि कोरोनाको ‘इन्डियन भेरियन्ट’ भेटिएको छ ।

डब्लूएचओका अनुसार विश्वमा बितेको साता मात्रै कोरोनाबाट ५७ लाख ८९ हजार बढी संक्रमित भएका छन् । उक्त तथ्यांक पहिलेको कोरोना लहरभन्दा अत्यधिक धेरै हो । विश्वभर कोरोना संक्रमित १५ करोड नाघिसकेका छन् । हाल सम्म ३१ लाख ७८ हजार मानिसले ज्यान गुमाएका छन् । १२ करोड ७८ हजार बढी मानिस निको भइसकेको अवस्था छ ।

अहिले पनि विश्वभर एक करोड ९३ लाख बिरामीको उपचार जारी छ । संक्रमित मध्य एक करोड ९२ लाख मानिसमा कोरोनाको सामान्य लक्षण देखिएको छ । अन्य एक लाख १० हजारको अवस्था गम्भीर रहेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

7 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook