नेपाली गायिका अञ्जु पन्त

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । उनको सर्वप्रिय गीत ‘ तिम्ले पराइ ठाने पछि पराइ हुन के भयो र ” (शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ ) नेपालको मोबाइल रिङ्ग ब्याक टोन CRBT मा सर्बाधिक डाउनलोड भएको छ । जुन गित मोबाइलबाट डाउनलोड गरिएको नेपालको सर्वाधिक डाउनलोडेड गीत हो । जुन गीत को डाउनलोड रेकर्ड अहिले सम्म अरुले तोडन सकेका छैनन ।

०५२/०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा ‘मनवा मन नै योगी बनाऊ’ बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी (परिशोतिका) छिन| यी गायिका इसाई धर्म मान्छिन् ।

२०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि सामाजिक सन्जालहरूमा उनको व्यापक आलोचना भएको थियो । पछि उनले उक्त आरोप अस्विकार गर्दै आफूले बिरामी भएर उक्त गीत नगाएको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो धर्म हिन्दुबाट परिवर्तन गरेर ईसाई बनेकी हुन ।

source : wikipedia

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक