पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालियो

ज्ञानेन्द्र शाह, कोमल शाह

काठमाडौँ, १७ बैशाख । कोरोना संक्रमण भई नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार साँझ देखि पूर्वरानी शाहको उपचार प्लाज्मा थेरापीबाट भइरहेको जानकारी दिएको हो ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझ देखि आईसीयूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई अक्सिजनको सामान्य सपोर्ट दिइएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था निकै सामान्य रहेको र उनलाई अक्सिजनको सपोर्ट दिन नपरेको अस्पतालले जनाएको छ । पूर्वराजपरिवारका तीनै सदस्य गत शनिबारदेखि नर्भिक अस्पताल भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । पूर्वराजदम्पती केही दिनअघि मात्र भारतबाट कुम्भमेलामा सहभागी भएर आएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook