कोरोना वार्डमा बेडको प्रतीक्षा गर्दागर्दै एक संक्रमितको मृत्‍यु

मृत्यु

बुटवल, १७ बैशाख । लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक संक्रमितको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका उनलाई वैशाख १६ गतेदेखि इमर्जेन्सी वार्डमा उपचार गराइएको थियो । कोरोना वार्डमा बेडको प्रतीक्षा गर्दागर्दै शुक्रबार बिहान उनको ज्यान गएको छ ।

बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इमर्जेन्सी वार्डमा अक्सिजन दिएर राखिएको थियो ।

गत हप्ता देवदह नगरपालिकाका एक जना वडाअध्यक्षकी श्रीमतीको पनि बेड नपाएरै फिभर क्लिनिकमा ज्यान गएको थियो । भैरहवाको भीम अस्पताल र प्रादेशिक अस्पताल दुवैमा कोरोना विशेष बेड प्याक भएको जनाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक