आधा घण्टाभित्र विराटनगरमा ३ सङ्क्रमितको मृत्यु

मृत्यु

काठमाडौँ, १८ बैशाख। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस सङ्क्रमित तीन जना पुुरुषको शनिबार बिहान मृत्यु भएको छ । उपचारका लागि भर्ना भएका कोरोना सङ्क्रमितमध्ये एक जनाको हृदयघातका कारण ज्यान गएको छ ।

विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा रहेका थिए । त्यसै क्रममा उनलाई एक्कासि हृदयघातको समस्या पनि थपियो । अचानक हृदयघात भएपछि थप उपचार गर्न नपाउँदै मृत्यु भएको हो।

तर श्वासप्रश्वासमा अचानक समस्या भएपछि उपचारका लागि शुक्रबार बिहान ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । ‘मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो कुनै समस्या नरहेको पाइएको छ,’ प्रबन्धक दाहालले भने, ‘कोरोना संक्रमणको उपचार जारी रहेका बेला हृदयघातको समस्या पनि थपिएपछि बचाउन सकिएन ।’

त्यस्तै मृत्यु हुनेमध्ये एक जना प्रदेश १ को राजधानी विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन् । सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको दाहालले बताए । ‘उपचारका लागि ल्याउँदा संक्रमितको अवस्था गम्भीर थियो,’ दाहालले भने, ‘तत्काल उपचार थालिएको भए पनि बचाउन सकिएन ।’

त्यस्तै नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का संक्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको छ । महोत्तरीको महत्तरी–६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको दाहालले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist