एक कोरोना संक्रमितले अस्पतालको शौचालयमा पासो लगाएपछि…

आत्महत्या

रुपन्देही, १८ बैशाख । रुपन्देहीको सैनामैनामा एक कोरोना संक्रमितले आ’त्मह’त्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सोही नगरको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आ’त्मह’त्या गरेको प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार अस्पताल भर्ना भएका उनी शौचालयमा पासो लगाएको अवस्थामा भेटिएका थिए । संक्रमितले आ’त्मह’त्या गरेको जानकारी पाएपछि विहान ६ बजे प्रहरी अस्पताल पुगेको थियो । मृ’तकको शव बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक