ला’गुऔष’ध कारोबार गरेको आ’रोपमा २ प्रहरी जवान सहित ४ जना पक्राउ

पक्राउ

काठमाडौं, १९ बैशाख । ला’गुऔष’ध कारोबार गरेको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरिएको छ । ला’गुऔष’ध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना जवानलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । वृत जनसेवाको इन्टेलिजेन्स युनिटमा कार्यरत उनीहरु सादा पोसाकमा परिचालित हुन्थे । उनिहरुलाई काठमाडौंको डल्लुबाट पक्राउ गरिएको हो ।

कारोबारीबाट बरामद गरिएको डाइ’जेपाम, फेना’रगन र नु’र्फिन सहित १ सय ८६ एम्पु’ल ला’गुऔष’ध उनीहरुले दोस्रो कारोबारीलाई बेच्न खोजेको ब्युरोको प्रारम्भिक अनुस’न्धान बाट थाहा भएको छ ।

त्यस्तै, कञ्चनपुरमा ला’गुऔष’ध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थान बाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार ला’गुऔष’ध सहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् ।

हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । यसैगरी रानालाई से१प ५०१८ नंको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा तीन दशमलव ९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

रानालाई मोटरसाइकल सहित पक्राउ गरी प्रहरीले अनुस’न्धान गरिरहेको छ । ब्राउन सुगर सहित पक्राउ परेका हमाल माथि समेत प्रहरीले अनुस’न्धान गरिरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक