गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु

death

पोखरा, १९ बैशाख । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए । त्यस्तै, पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको शनिबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ७३ वर्षीया महिलामा वैशाख १२ र उमेर खुल्न नसकेकी महिलामा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको शनिबार बिहान १ः२२ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषेको आइतबार मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनबिार मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । याे सँगै गण्डकीमा काेराेनाले मृत्यु हुनेकाे संख्या २ सय ३१ पुगेकाे छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist