…त्यसपछि छोरी-ज्वाइँलाई आशीर्वाद दिँदै राजकुमारले अन्तिम सास फेरे

मृत्‍यु

भारतको उत्तर प्रदेशमा रहेको गाजियाबादमा राजकुमार नामक व्यक्तिले छोरी-ज्वाइँलाई विवाहमा आशीर्वाद दिएलगत्तै प्राणत्याग गरेका छन् । कोरोना संक्रमित राजकुमारलाई कुनै पनि अस्पतालमा शय्या उपलब्ध भएन । अक्सिजनको व्यवस्था पनि भएन ।

दुई दिनअघि मात्र उनकी छोरी पारुलको विवाह थियो । विवाहको तयारीमा दौडधुप गरेको परिवार राजकुमारको जीवन बचाउनका लागि दौडधुप गर्न बाध्य भयो । उपचार नपाइएपछि राजकुमारलाई टोलको कोरोना आपतकालीन सेवा केन्द्र लगियो ।

त्यहाँ अक्सिजन कन्सनट्रेटरको सहायता लिएर राहत दिने कोशिश गरेको भए पनि राजकुमारलाई ज्यान नबच्ने लागेकाले छोरीको विवाह आफ्नै आँखा अगाडि होस् भन्ने इच्छा व्यक्त गरे । कोरोना सेवा केन्द्रमै सादा किसिमले विवाह सम्पन्न भयो । टोलको मन्दिरका पुजारीलाई बोलाइयो र राजकुमारकै अगाडि छोरी-ज्वाइँले जयमाल अर्थात एकअर्कालाई माला लगाउने काम गरे । त्यसपछि छोरी-ज्वाइँलाई आशीर्वाद दिँदै राजकुमारले अन्तिम सास फेरे । -लोकान्तरबाट

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook